TodayPati

जनकपुर-जयनगर रेल सञ्चालन गर्न फेरि अध्यादेश ल्याउने तयारी

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।

जनकपुर- जयनगर सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ

अध्यादेशका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको हो ।

Sponsored

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको बताए ।

२२ वैशाख, २०७८मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन शुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएको थियो ।

अब यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर मस्यौदा तयार गरिएको सचिव श्रेष्ठले बताए । सरकारले आवश्यक तयारी पुरा नगर्दा रेल ल्याएपनि सञ्चालनमा आउन सकेको छैन ।

Sponsored

भारतबाट नेपाल सरकारले सञ्चालनको लागि ल्याएको रेल कानुन अभावमा धनुषाको इनरुवामा एक वर्षदेखि थन्क्याएर राखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *