रौतहटमा कार पोखरीमा खसेर दुर्घटना हुँदा चार भारतीयको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।
रौतहटमा भारतीय नम्बर प्लेटको कार पोखरीमा खसेर दुर्घटना हुँदा चार भारतीय नागरिकको ज्यान गएको छ।
उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
गौर चन्द्रपुर सडक खण्डमा पर्ने यमुनामाई गाउँपालिका- ४ झुनखुन्वाचोक नजिक युके १२ सी २९०० कार अनियन्त्रित भएर सडक छेउको पोखरीमा गएराति ९ बजेर ५५ मिनेटमा खसेर दुर्घटना भएको रौतहटका प्रहरी उपरीक्षक एसपी विनोद घिमिरेले जानकारी दिए।
उनका अनुसार ज्यान गुमाउने चारैजना २५/३० वर्षका युवा छन्। उनीहरुको आइडिकार्ड फेला परेको र आफन्तलाई बोलाएर सनाखत गर्ने प्रयास गरिरहेको उनले बताए ।
पोखरीमा खसेको कारको सिसा फुटाएर शव बाहिर निकालेको र सबैको मृत्यु पानीमा डुबेर भएको देखिएको प्रहरीले जनाएको छ ।
Sponsored
शव पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी घिमिरेले बताए ।