कृषि मन्त्री यादवले गरे विवाह भवनको उदघाटन
एसपी यादव-
सर्लाही, कार्तिक २७ गते ।
सर्लाहीको ब्रहम्पुरि गाउँपालिका वडा नं. ४ त्रिभुवननगरको रामजानकी मन्दिर परिसरमा नवनिर्मित विवाह भवनको शनिबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सो भवनको उद्घाटन गरेका हुन् ।
मन्त्री यादवले शनिबारकै दिन सर्लाही जिल्लाको ब्रह्मपुरि नयाँ शहर आयोजना अन्तर्गत “भेल्हि- त्रिभुवननगर सडक निर्माण आयोजना” को शिलान्यास समेत गरेका छन् ।
कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, जसपाका केन्द्रीय सदस्य भाग्य नारायण राय, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादव, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत उपस्थिती रहेको थियो ।
Sponsored