TodayPati

भारतीय सेना माथी मणिपुरमा आक्रमण, कर्णेल र उनको श्रीमती सहित ७ जना मारिए

एजेन्सी
काठमाडौँ, कार्तिक २७ गते ।

भारतीय सेनामाथि आक्रमण हुँदा ७ जनाको मृत्यु भएको छ ।

शनिवार मणिपुरको चूरचंदपुरमा भारतीय सेनाको एक समूहमाथि आक्रमण भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Sponsored

आक्रमणमा एक कर्णेल, उनकी श्रीमती र उनका ८ वर्षीय छोरासमेत असम राइफल्सका ४ जनाको मृत्यु भएको छ ।

आक्रमणमा मारिएका कर्णेल विप्लव त्रिपाठी ४६ असम राइफल्सका कमाडीङ्ग अफिसर थिए । आक्रमणमा थप ४ जना जवान घाइते भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिकको यस बलिदान नबिस्र्ने बताएका छन् । त्यस्तै रक्षामन्त्री राजनाथ सिंहले यो आक्रमणलाई कायरतापूर्ण आक्रमण भनेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *