TodayPati

फाइजर खोप आइतवार देखि लगाइने, प्रदेश २ को यी ठाउँमा खोप लिन पाइने

टुडेपाटी–
काठमाडौँ, कार्तिक २६ गते ।


कोरोना संक्रमणबाट बँच्न सरकारले आइतवार देखि फाइजर खोप लगाउने भएको छ । सरकारले १२ वर्षदेखि माथिको उमेर समूहका दिर्घरोगीहरुलाई लक्षित गर्दै यो कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले दिएको १ लाख डोज खोप आइतवार देखि मंसिर ४ गतेसम्म १२ वर्ष माथिका दिर्घरोगीहरुलाई दिइने भएको हो ।


स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार आइतवार देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म खोपको दोस्रो डोज दिइने छ।

दुई मात्रा लगाइने फाइजर खोप पहिलो डोज लगाएको २१ देखि २८ दिनभित्रमा लगाइ सक्नुपर्ने स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।
अहिले ८ प्रकारका दिर्घरोगीहरुलाई प्राथमिकतामा राखेर फाइजर खोप सुरु गर्न लागिएको छ ।


खोप लगाउनका लागि दिर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्वन्धी पूर्जा र दोस्रो मात्राको लागि पहिलो मात्रा लिइएको खोप कार्ड अनिवार्य चाहिने छ ।
नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ ।

Sponsored


मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक २५ गतेसम्म नेपालमा ३८ प्रतिशतले दोस्रो डोज र ४४ प्रतिशतले पहिलो डोज खोप लगाइसकेका छन् ।
फाइजर खोप प्रदेश २ को तीन स्थानमा मात्र दिइने छ । सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र वीरगंजको नारायणी अस्पतालमा फाइजर खोप दिइने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *