TodayPati

राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुर्ख्यौली राज्य कायमै छ : सिके राउत

शुभ नारायण यादव
सप्तरी , कार्तिक २६ गते ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुर्ख्यौली राज्य कायमै रहेको बताएका छन् ।

सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजामा शुक्रबार आयोजना गरिएको जनमत पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा अझैे बाबुसाहेबहरुको राज्य कायमै रहेको उनको भनाइ छ ।

Sponsored

‘त्यस्तो समस्याहरुलाई उन्मुलन गर्ने नै जनमत पार्टीको प्रमुख लक्ष्य हो’, डा. राउतले भन‘जनताका अनुसार चल्ने नै पार्टीको मुख्य धारणा रहेको छ ।’

साइकल चढने क्षमता नरहेको नेता अहिले महंगो गाडी चढनुकासाथै विभिन्न ठाउँमा घर बनाएको तर जनता बिना चपलले हिड्न बाध्य रहेको उनको भनाई छ ।

उनले बहुरुपीयाहरुले पटक पटक पार्टीको नाम बदलेर समाजमा राज्य गरी जनतामाथि शोषण गर्दै आएको बताए ।
‘चुनावमा हामीले सजिलै तरीकाले प्रलोभनमा परी मत बेच्दै आएको छौं’ डा. राउतले भने ‘अब बालबालिकाको भविष्य नबेच्नुस्।’

Sponsored

बोदे बर्साईन नगर कमिटी कार्यबाहक अध्यक्ष सुकदेव साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राउत थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पार्टीका केन्द्रिय उपाध्यक्ष बबिता ईसर, उपमहाचिव ई. ईन्द्रिजित यादवलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *