TodayPati

सर्लाही काँग्रेसको निर्वाचन अधिकृतद्वारा राजिनामा

टुडेपाटी–
सर्लाही, कात्तिक २६ गते ।

सर्लाहीमा काँग्रेसको जिल्ला निर्वाचन अधिकृतले राजिनामा दिएका छन् । निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका हुन् । केन्द्रीय निर्वाचन समितिमा कार्कीले राजीनामा पत्र बुझाइसकेका छन् ।


गत कात्तिक १७ गते केन्द्रीय निर्वाचन समितिले सर्लाही कांग्रेस निर्वाचन अधिकृतको जिम्मेवारी कार्कीलाई दिएको थियो ।

Sponsored


आफू जिल्लाम पुगेर सबैसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सबै पक्षसँग सहमति नजुटेको र अधिवेशनको वातावरण नभएकोले राजीनामा दिएको कार्कीले उल्लेख गरेका छन् ।


निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाहीमा वडा अधिवेशन अन्यौलमा परेको छ । कांग्रेसले बाँकी रहेको १३ वटा जिल्लामा शनिबार वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *