TodayPati

सप्तरीमा कार्यरत डीएसपी तिमिल्सिनाको निधन

टुडेपाटी-
सप्तरी, कार्तिक २६ गते ।

सप्तरीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्जको रुपमा कार्यरत डिएसपी तिमिल्सिनाको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको हो ।

Sponsored

दशैंमा बिरामी भएका तिमल्सिनाको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

एसपी धमलाका अनुसार डिएसपी तिमल्सिना केही पहिला  कोरोना संक्रमित भएका थिए ।  फोक्सोमा समस्या देखिएपछि उनलाई  उपचारको लागि भर्ना भएका थिए ।

डीएसपी मृतक भक्तपुरकै निवासी हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *