TodayPati

मुलुकमा संघीयता स्थापनामा पत्रकारहरुको ठूलो योगदान: मन्त्री साह

शुभ नारायण यादव-
सप्तरी , कार्तिक २६ गते ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले मुलुकमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारहरुको ठूलो योगदान रहेको बताएका छ्न् ।

प्रेस मञ्च नेपाल सप्तरीद्वारा सप्तरीको राजबिराजमा बिहीवार छ्ठ, सामाचकेवा पर्वको अवसरमा आयोजित शुभकामना एवमे सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Sponsored

No description available.

कार्यक्रममा बोल्दै मन्त्री साहले पत्रकारहरुको साथ सहयोगले वर्तमान व्यवस्था स्थापना भएको बताए ।

‘संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा पत्रकारहरु संगै रहेको अहिले पनि स्मरण छ’, मन्त्री साहले भने ‘हामीले संगसगै लडेर ल्याएको व्यवस्था माथि चौतर्फी आक्रमण हुदैछ, संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अझै पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु आवश्यक छ ।’

मन्त्री साहले प्रदेश २ सरकार संचार क्षेत्रको चौतर्फी बिकास र पत्रकारहरुको पेशागत सुनिश्चितताका लागि प्रतिवद्ध रहेको बताए । पत्रकारहरुको साथ सहयोग बिना सरकार अघि बढ्नै सक्दैन’,मन्त्री साहले भने ‘संचार क्षेत्रको बिकास र पत्रकारहरुलाई सुबिधा सम्पन्न बनाउने उदेश्यले आम संचार प्रधिकरण र मिडिया काउन्सिलको स्थापना गरेर पत्रकार र संचार क्षेत्रको समग्र उत्थानका लागि प्रदेश सरकार अघि बढेको छ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *