TodayPati

सप्तरीमा बसले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दियो, एक भारतीयसहित २ जनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २५ गते ।

सप्तरीमा बसले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।

ज्यान जानेमा मोटरसाइकलमा सवार भारत बिहार राज्यको सुपौल बलुवा-३ बिहार बस्ने बर्ष २२ का राजु कुमार तिवारी र सोही मोटरसाइकलमा सवार परिचय खुल्न नसकेका अन्दाजी वर्ष ३१ का पुरुष छन् ।

Sponsored

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीक कंचनरुप नगरपालिका २ बरमझिया बुधबार राति १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले BR 38 R 8173 नं.को मोटरसाइकल र पैदल यात्री लाई ठक्कर दिएको हो ।

दुबैजनाको शव गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । दुबैजनाको उपचारको क्रममा मृत्युु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

ठक्करबाट पैदल यात्री कंचनरुप नगरपालिका १ बरमझिया बस्ने वर्ष १९ का रोहन प्रसाद गुप्ता घाइते भएका छन् । उनको उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *