छठ पर्वमा आज अस्ताउँदो सूर्यको अर्घ दिइयो, भोलि उदाँउने सूर्यको प्रतिक्षामा श्रद्धालु
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।
मिथिलाञ्चलसहित तराई मधेश र पछिल्लो सममय पहाडमा समेत मनाउन थालिएको छठपर्वमा आज साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको छ ।
जलासय किनारमा आज साँझ पूजासामग्रीसहित ब्रतालुहरुले स्नान गरी अस्ताउँदो सूर्यको अर्घ दिएका हुन् । भोलि बिहान उदाउँसो सूर्यको अर्घ दिएपछि छठपर्व विधिवत सम्पन्न हुने छ ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वको आज मुख्य दिन रहेको छ ।
भोलि बिहनको अर्घ्य दिन रातभर जलासय किनारमा पूजाआज गर्दै ब्रतालु तथा श्रद्धालुहरु आदि देव अर्थात दिनानाथ उदाउँने प्रतिक्षामा रहन्छन् ।
पाँच दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछमरुवा बारेका थिए भने दोश्रो दिन नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। तेश्रो दिन खरना, चौथो दिन अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन् भने भोलि उदाउँदो सूर्यको अर्घ दिइन्छ ।
Sponsored
उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजासामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने मिथिलाञ्चलमा प्रचलन रहेको छ ।