TodayPati

जनकपुरबाट काठमाडौं हिडेको रात्रि बस ट्रकसंग ठोक्कियो, २ जनाको ज्यान गयो, १५ घाइते

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।

जनकपुरबाट काठमाडौंको लागि छुटेको एक नाईट बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । अन्य १५ यात्रु घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किएर दुर्घटना भएको हो ।

Sponsored

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक गएराति साढे १२ बजे ठोक्किएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

हरहर महादेव बसमा धनुषाको खजुरी, जटही, तिनकोरियाका यात्रुहरु रहेको जनकपुरस्थित काउण्टरका अरुणले बताए ।

Sponsored

सो दुर्घटनामा मृत्यू हुनेमा एक बस चालक पनि रहेको बताइएको छ । काठमाडौं थानकोट बस्ने चालक सरोज विकको दुर्घटनामा मृत्यू भएको तथा अन्य एक जनाको नाम नखुलेको जनाइएको छ । घाइते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सोही दुर्घटनामा परी ट्रक चालक पनि घाइते भएका छन् र उनको प्रहरी निगरानीमा उपचार भइरहेको डीएसपी रिमालले बताए।

सो बस हर हर महादेव कम्पनीको रहेको जनाइएको छ । हरहर महादेव बस धनुषाको ग्रामिण भेकदेखि अन्य विभिन्न ठाउँबाट सँचालनमा रहेको छ ।

दुर्घटना भएको बसमा कति जना सवार थियो भने यकिन भईसकेको छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *