TodayPati

खरना सम्पन्न, जनकपुरको छठ घाटमा अर्घको सामग्री लिएर पुग्न थाले श्रद्धालु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २३ गते ।

मिथिलाञ्चलसहित तराई मधेशमा भगवान सूर्यको उपासना गरी अत्यन्त निष्ठापूर्वक मनाईने छठ पर्वको तेश्रो दिन आज साँझ खरना मनाइएको छ ।

दिनभर उपवास बसेका ब्रतालुहरु साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर चढाएर प्रसादको रुपमा ग्रहण गरी खरना मनाएका छन् ।

Sponsored

No description available.

ब्रतालुले अत्यन्त नियम निष्ठाका साथ खीर बनाएर आफु ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् । त्यसैले यो दिनलाई खरना भनिन्छ ।

त्यस्तै छठ पर्वको मूल मुख्यदिन भोलि बुधबार रहेको छ । भोलि जलासय किनारमा पूजासामग्री लगेर साँझ अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ दिइन्छ । भोलि अस्ताउँदो सूर्यलाई अर्घदिन पूजासामग्रीसहित जनकपुरधामको छठ घाटमा आज रातिदेखि नै श्रद्धालुहरु पुग्न थालेका छन् ।

No description available.

जनकपुरको गंगासागर, धनुष सागार, अरगजा सर, दशरथ तलाउ लगायतको पोखरी तथा सरोवरको किनारमा छठको लागि विशेष रुपले सजाइएको घाटमा पूजासामग्रीसहित भक्तजन जान थालेका हुन् ।
धेरै ठाउँमा भोलि बिहानदेखि मात्र पूजासामग्रीसहित छठ घाट पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

Sponsored

परिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाईने यस वर्षको छठपर्वको पहिलो दिन आइतबार ब्रतालुहरुले माछामरुवा तथा तामसी भोजन बारेका थिए । सोमबार नुहाएर अरबा अरबाईन एवं चोखो खानेकुरा खाएका थिए ।

No description available.

भोली बुधबार छठ पर्वको मुख्य दिन रहेको छ । भोली छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र बिहीबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न हुने छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *