TodayPati

छठ पर्वमा जनकपुरदेखि वीरगञ्जसम्म हेलिकप्टरबाट फूल वर्षा गरिने

टुडेपाटी-
जनकपुरधाम,कार्तिक २३ गते ।

मिथिलाञ्चलसहित मधेशवासीको महापर्व छठको अवसरा जनकपुरदेखि वीरगञ्जसम्मका हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

हिन्दुवादी विभिन्न चारवटा संस्थाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बुधबार महापर्व छठको अवसरमा जनकपुरदेखि वीरगञ्जसम्म विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न लागेको हो ।
पुष्पवृष्टि कार्यक्रमको प्रमुख अतिथि पूर्व युवराज्ञी हिमानी शाह रहने छिन् ।

Sponsored

‘२०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल’सहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

समितिले विशेषगरी धनुषाको जनकपुर, पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दिएको हो ।

जनकपुरको गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, वीरगञ्जको घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो साढे ४ बजे र बाराको बहुअरी पोखरी–५ बजे पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

Sponsored

कार्यक्रममा बोल्दै पूर्व राजदूत राम भक्त ठाकुरले छठपर्वले सबै नेपालीलाई एकीकृत गर्ने धारणा राखे ।

२०४७ सालका संविधान पुनःस्थापना हाम्रो अभियानका नेता तथा समाजसेवी किशोरी महतो, नेपाल नागरिक अभियान उपत्यकाका संयोजक राकेश कृष्ण अमात्य, जेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *