TodayPati

प्रदेश प्रमुख मिश्रले गरे दुईवटा अध्यादेश जारी

टुडेपाटी–
जनकपुरधाम, कात्तिक २३ गते ।


प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई मन्त्रिपरिषद्को सिफारीसमा प्रदेश प्रमुख मिश्रले जारी गरेका हुन् ।


प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्तिक ९ गते दुई वटा अध्यादेश जारी गर्न सिफारीसको लागि प्रदेश प्रमुख समक्ष पठाउने निर्णय गरेको थियो ।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *