TodayPati

छठमा पूर्वयुवराज्ञी हिमानीको उपस्थितिमा जनकपुरधामदेखि वीरगञ्जसम्म पुष्पवृष्टि गरिने

टुडेपाटी–
काठमाडौँ, कार्तिक २३ गते ।


छठ पर्वको अवसरमा जनकपुरधाम देखि वीरगंजसम्म पुष्पवृष्टि गरिने भएको छ । पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि वीरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।


‘२०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान’, ‘नेपाल नागरिक अभियान’, ‘विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल’सहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै छठको अवसरमा पुष्पवृष्टि गर्नेबारे जानकारी दिएको हो ।


समितिले विशेषगरी धनुषाको जनकपुरधाम, बारा र पर्सामा पुष्पवृष्टि गर्ने जानकारी दिएको छ । जनकपुरधामको गंगासागर पोखरी, दशरथ सागर तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्साको घडिहर्वा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४ः३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *