कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ : उपेन्द्र यादव
टुडेपाटी-
रुपन्देही, कार्तिक २२ गते ।
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण रहेको बताएका छन् ।
जसपाले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले त्रुटिपूर्ण संविधानको संशोधन अपरिहार्य रहेको बताए । संविधान संशोधन नभए अर्को संविधान बन्ने समेत उनले चेतावनी दिए ।
‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’, अध्यक्ष यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन् ।’
७ वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै यादवले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित भएको बताए।
उनले ५–७ जना मन्त्री बनेर झण्डावाला गाडी चढेर मात्र नभइ ‘प्रदेश स्वायत्त र अधिकारसम्पन्न बनाउनु पर्नेमा जोड दिए ।
Sponsored
यादवले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र गलत भएकाले पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने बताए ।