TodayPati

सल्यान बस दुर्घटना : मृत्यु हुने सबैको सनाखत

टुडेपाटी–
दाङ, कात्तिक २१ गते ।


सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ। बस दुर्घटनामा १२ जनाको मृत्यु भएकोमा दाङका सात जना र सल्यानका पाँच जना रहेको जिल्ला प्र्रहरी कार्यालय सल्यानले जनाएको छ ।


सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले दुर्घटनामा मृत्यु हुनेमा दसजना महिला र दुईजना पुरुष रहेको जानकारी दिए ।

Sponsored


दुर्घटनामा दाङ, शान्तिनगर गाउँपालिका वडा नं. ८ की ३५ वर्षीया सावित्रा केसी, वडा नं. ६ कोरबाङका ५ वर्षीय सुरज वली, बबई गाउँपालिका वडा नं. ४ की ६० वर्षीया डुली रेउले, बबई–६ पञ्कुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, घोराही उपमहानगरपालिका–१० की ३६ वर्षीया रुपा केसीको मृत्यु भएको छ।


शारदा नगरपालिका– १२ घर घई हाल दाङ, तुलसीपुर– ६ बस्दै आएकी ५३ वर्षीया पर्भा चलाउनेले पनि दुर्घटनामा ज्यान गुमाएकी छन्।


त्यस्तै सल्यानको शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, शारदा–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका– १ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका– २ का २९ वर्षीय तिलक वली, त्रिवेणी ४ की ९ वर्षीया सरिता बोहोराले ज्यान गुमाएका छन् ।

Sponsored


दुर्घटनामा घाइतेमध्ये केहीको सल्यानकै श्रीनगरमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि दाङ र बाँकेका अस्पतालमा रिफर गरिएको छ। केहीलाई हेलिकप्टरमार्फत काठमाडौं पनि पठाइएको छ।


आइतबार भएको दुर्घटनामा परेको बसमा तीस जना सवार थिए । सडकको खराब अवस्था र तीव्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ।


आइतवार सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *