TodayPati

मुख्यमन्त्री राउतलाई डा.मिश्रको खुल्ला पत्र !

माननीय मुख्यमन्त्री ज्यू ,
प्रदेश न. २

मैले हजुको निर्देशन सामाजिक सनजालमा पटक-पटक सुने । एक चिकित्सकको नाताले तपाईको निर्देशन सुनेर मेरो मन दुख्यो । तपाईको निर्देशन फेरि-फेरि सुने किनकी प्रदेश २ को स्वास्थ नीति मस्यौदा बनाउनें क्रममा तपाईको बक्तब्यबाट चिकित्सकको दु:ख राम्रोसँग बुझेको जस्तो लागेको थियो । तर आज यो निर्देशन सुन्दा पहिलो पटक मन खिन्न भएको छ ।

तपाईको निर्देशन फेरि-फेरि सुने र मैले के पनि भुझे भने तपाईं आफै विवश भएको महसुस भयो । तपाईंले भने जस्तो समय आगावै ५० लाख रुपैयाँको दरले प्रतेक जिल्लालाई खर्चगर्ने आधिकार दिएको सुने । यदि त्यो सत्य हो र प्रदेश सरकार आवश्यक भए अझ पैसा पठाउन तयार रहेको सुन्दा कतै न कतै प्रशासनिक कमजोरी भएकै हो जस्तो महसुस भएको छ । किन कि चिकित्सक, नर्स तथा स्वस्थ्यकर्मीले PPE त परै जाअोस् अति आवश्यम साधारण मास्कसम्म नपाएको कुरो हजुरलाई यसै पत्र मार्फत जानकारि गराउन चाहन्छु । स्वास्थ्यमा देखिएको यस आपतकालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेशाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिन खोजेको छैन । पन्छिनु हुन्न पनि र पन्छिन्नौ पनि । तर, आफ्नो सुरक्षा अनुभूति नभएसम्म प्रतिबद्ध भई काम गर्न पनि सहज छैन ।

Sponsored

माननीय मुख्यमन्त्री ज्यु तपाई प्रदेश २ को कर्यकारी प्रमुख मात्रै नभई प्रदेश रको आभिभाबक पनि हुनुहुन्छ । प्रदेश २ का चिकित्सक र स्वास्थ्ययकर्मीको सुरक्षाको जिम्मेवारी पनि तपाईंकै हो । यो कोरोना विरुद्धको लडाइँको सिपाही बिना आफ्नो हात-हतियार मैदानमा काम गरे भने प्रदेशको जनताको भलो भन्दा अझ नुक्सान हुनेछ । र त्यो आत्मघाती पनि हो ।

यस आपतकालीन परिस्थितिमा कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मी परिस्थिति आनुरुप जनताको काम नगरेको पाइएमा लाइसेन्स नै सस्पेन्ड गरियोस् । तर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाउने जिम्मेवारी पाएका निकाय आस्पताल प्रसासन, जिल्ला प्रसासन वा स्वास्थ मन्त्रालयनै किन न होस् जिम्मेवारी पूरा नभएको आवस्थामा कारबाही गरियोस् ।

प्रदेशको कर्यकारी प्रमुख विवश र निराश भयो भने यसले अझ बढी नुकसान मात्रै हुनेछ । म त भन्छु कारबाही गरियोस् चाडैं गरियोस् । तर न केवल एक निरीह सामान्य चिकित्साकर्मीलाई बलिको बोका बनाइयोस् । आफ्नो कर्तव्य पुरा नगर्ने ठुला ठुला ओह्दामा बसेका पधाधिकारीको काम को मूल्यांकन पनि होस् । आफ्नो जिम्मेवारी पूरा न गर्ने अख्तियारी प्राप्त ब्यक्तिलाई जिम्मेवारि पूरा नगरेकोमा पनि दण्डीत गरियोस् ।

Sponsored

चिकित्सक लाइ चाहिने सम्पुर्ण सुरक्षा सामग्री चाडै भन्दा चाडै उपलब्ध गराउनुस् । यस आपतकालीन परिस्थितिमा हामि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी हर सम्भब सरकार, जनता र राष्ट्रिलाई आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध छौ ।

डा. अजय कुमार मिश्र
मुटु रोग विशेषज्ञ
सदस्य स्वास्थ कार्य दल, प्रदेश न २
9851036341

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “मुख्यमन्त्री राउतलाई डा.मिश्रको खुल्ला पत्र !

  • April 1, 2020 at 7:34 am
    Permalink

    डा मिश्र । मलाइ थाहा छैन तपाइ सरकारी अस्पतालको जनशक्ति हो वा प्राइभेट वास्तवमा सरकारी अस्पतालमा यदि सामाग्री छेन भने मूख्यमन्त्री राउतले जिम्मेवारी लिनुपर्छ किनकी स्वास्थ्य उपचारका लागि सुरक्षा सामाग्री पहिलो शर्त हो । तर प्राइभेट अस्पतालमा यदि छैन भने अस्पताल स‌ंचालकले त्यसको जिम्मेवारी लिनुपर्छ । किनभने तपाइले सरकार संग अनुमति लिएर दर्ता गरेर यदि संस्था चलाउनु भएछ भने तपाइको स्वास्थ्य अौजार के छ छैन आफैले व्यवस्था गर्नु पर्ने हैन भनेको । निजी अस्पतालमा शुल्क पनि चर्कै छ यही कमाउ धन्धाले अहिले ४० लाख हुने जतिले सवै डाक्टर साहव नै वन्न चाहन्छ ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *