दाइजो सामाजिक अपराध हो : मुख्यमन्त्री राउत
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २० गते।
मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरिटी मात्र नभई सामाजिक अपराध समेत रहेको बताए ।
जिलई जमईत अहलेहदिस प्रदेश न २ द्वारा धनुषाको गणेशमाण चारनाथ नपा २ छघरीया स्थित मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रम प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले दहेज रुपि सामाजिक अपराध लाई अन्त गर्नुको विकल्प नरहेको बताए ।
मुख्यमन्त्री राउतले दहेजको नाउमा सडकको अपराधीक घटनाहरु समाज भएको तथ्य उजागर गर्दै यस्ता अपराध अन्तको लागि सबैलाई आ( आफ्नो स्थानबाट प्रण गर्न आग्रह गरे । ्
समाजको अधा हिस्सा ओगट्को महिलाहरुको शिक्षामा जोड दिनु पर्नै उल्लेख गर्दै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुच नभए सम्म समाजले बिकास गर्न नसक्ने ठोकुवा गरे ।
प्रदेश सरकारले महिलाहरुको लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउदै उनले शिक्षा नलिएसम्म उच्च आरक्षणको समेत फाईदा लिन नसक्ने जिकिर गरे ।
Sponsored