TodayPati

कोरोना विरुद्धको औषधी ८९ प्रतिशत प्रभावकारी

काठमाडौं, कार्तिक २० गते ।


कोरोना संक्रमितको लागि बनाइएको औषधी ८९ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना संक्रमितका लागि आफूले उत्पादन गरेको खाने चक्की ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ ।


अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्न औषधि ८९ प्रतिशत प्रभावकारी देखिएको फाइजरले जनाएको हो ।
कम्पनीले कोभिडका लक्षण देखिनासाथ यो औषधिको सेवन गर्न भनेको छ । पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्दा लाभदायक हुने कम्पनीले भनेको छ ।

Sponsored


उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन फाइजरले अमेरिकी नियामक निकायमा निवेदनसमेत दिइसकेको छ ।


उसको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई प्रयोग अनुमति दिन निवेदन दिएको छ ।
ब्रिटिश नियामक निकायले बिहीबार मात्रै त्यसको प्रयोगका लागि अनुमति दिएको थियो । बिबिसी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *