खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गयो, दुईजना घाइते
टुडेपाटी-
ललितपुर, कार्तिक १९ गते ।
खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा ललितपुरमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । २ जना जना गम्भीर घाइते भएका छन्।
ललितपुर महानगरपालिका वडा नम्बर १२ अन्तर्गत चक्रबहिल भन्ने स्थान मंगलबजार बस्ने लक्ष्मीकृष्ण ताम्राकारको घरमा शुक्रबार साँझ ग्यास सिलिण्डर बिस्फोट हुँदा उनीसहित परिवारका चारजनाको ज्यान गएको हो ।
घटनामा लक्ष्मीसहित अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मंगलबार साँझ ७ बजे निरज ताम्राकारको घरमा यो दुर्घटना भएको हो। मृतक उनका बुबा, दिदी, श्रीमती र छोरा हुन्।
घरधनी निरज र सिर्जना ताम्राकार घाइते भएका छन् । उनीहरूको उपचार पाटन अस्पतालमा भइरहेको छ।
Sponsored
सबै शव पनि पाटन अस्पतालमै लगिएको छ। ‘किचनमा खाना पकाइरहेका बेला सिलिन्डर पड्किएको रहेछ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘चारतले भवनमा आगलागी पनि भएको थियो। तर अहिले नियन्त्रणमा आइसकेको छ।’