TodayPati

प्रचण्ड र माधव एमसीसीका मतियार : प्रभु साह

टुडपाटी-
रौतहट, कार्तिक १९ गते ।

नेकपा एमालेका नेता प्रभु साहले ‘राष्ट्रघाती एमसीसी पास गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा एकीकृत समाजवदीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेता मतियार बनेको आरोप लगाएका छन्।

दीपावली तथा छठको उपलक्ष्यमा शुक्रबार आफ्नो गृहजिल्ला रौतहटको फतुवा विजयपुर नगरपालिका–३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री साहले कांग्रेस मात्र नभएर कम्युनिस्टको खोल ओढेका प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पास गर्न मतियार बनेको भन्दै आलोचना गरेका हुन्।

Sponsored

‘केही अर्ब पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ’, नेता साहले भने, ‘कांग्रेस मात्र होइन, कम्युनिस्ट खोल ओढेका माधव, प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन्।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *