नयाँदिल्ली बन्यो विश्वकै सबैभन्दा प्रदुषित सहर
एजेन्सी-
काठमाडौँ, कार्तिक १९ गते ।
भारतको राजधानी नयाँदिल्ली संसारकै सबैभन्दा बढी प्रदुषित वायु भएको सहर बनेको छ । बिहीबार राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण शुक्रवार दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको हो ।
शुक्रबार बिहानदेखि दिल्लीको आकाश तुवाँलोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४५१ पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
भारत सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्ली सहित भारतको अन्य सहरमा समेत वायु प्रदुषण बढेको हो ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार दिउँसो दिल्लीको एयर क्वालिटी इन्डेक्स ३९२ छ । एक्वुआई ५० हुनु राम्रो मानिन्छ। ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ भने २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । ३ सयभन्दा माथि जानुलाई घातक मानिन्छ ।
Sponsored