TodayPati

दीपावलीको दिन विद्युतको अधिकतम माग १२७० मेगावाट

टुडेपाटी-
काठमाडौं, कार्तिक १९ गते ।

यस वर्ष दीपावलीको दिन विद्युतको अधिकतम माग १२७० मेगावाट पुगेको छ । यस वर्षको लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणले गरेकोमा सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।

विद्युत प्राधिकरणले यस वर्षको दीपावलीको साँझ ६ः१५ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । प्राधिकरणले गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट रेकर्ड गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष विद्युत खपत बढेको छ ।

Sponsored

पछिल्लो वर्षहरुमा लक्ष्मीपूजाको माग धान्न आयात गर्नुपरेकोमा यस वर्ष आन्तरिक उत्पादनबाटै पुगेको छ । लक्ष्मीपूजाको दिन पिक समयमै प्राधिकरणले ४८ मेगावाट विद्युत भारत निर्यात गरेको छ ।
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षमा अधिकतम पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो ।

दिपावलीको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिनको लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *