एमालेको १० औं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाइने
टुडेपाटी–
काठमाडौं, कार्तिक १७ गते ।
नेकपा एमालेले एमालेबाट विभाज भएर बनेको एकीकृत समाजवादी पार्टीलाई आफ्नो महाधिवेशनमा नबोलाउने भएको छ । एमालेको १० औँ महाधिवेशन चितवनको भरतपुरमा हुन लागेकोमा त्यस महाधिवेशनमा नेकपा एसलाई नबोलाउने भएको हो ।
बिहिबार एमाले प्रचार विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् । भट्टराईले महाधिवेशनमा प्रमुख दलहरुलाई बोलाउने निर्णय भएपनि राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई नबोलाउने बताए ।
भट्टराईले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए । एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।