TodayPati

जनकपुरमा लकडाउन कडाई : उलंघन गर्ने १४२ जना पक्राउ, ४७६ सवारी नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।

कोरोना संक्रमण रोक्नका लागि सरकारले दोश्रो चरणको लागि पुनः थपेको ८ दिनको लकडाउनमा प्रहरीले कडाइ गरेको छ । दोश्रो चरणको ८ दिनको लकडाउनको पहिलो दिन मंगलबार जनकपुर अघिल्ला दिनहरुभन्दा बढी सुनसान देखिएको छ ।

आठौदिन लकडाउनका अवज्ञा गर्ने जनकपुरबाट लगायत धनुषा जिल्लाको विभिन्न स्थानबाट १ सय ४२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस्तै लकडाउन अवज्ञा गर्ने ४ सय ७६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने पसल खोलेर कालोबजारी गर्ने १५ जना व्यवसायीलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Sponsored

लकडाउन पालना गराउन जनकपुरको सडकमा धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वरकार्की स्वयम प्रहरीटिम सहित सडकमा उत्रेका थिए । उनले खुलेका पसल बन्द गर्न तथा सडकमा हिडिरहेका सर्वसाधारणलाई सम्झाई बुझाई लकडाउन पालना गर्न आग्रह गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *