TodayPati

प्रदेश २ मा ८ जनाको रिपोर्ट निगेटिभ

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।

कोरोनाको आशंकामा प्रदेश २ का विभिन्न आईसोलेशन वार्डमा रहेका १७ जना मध्ये ८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

तिनीहरु सबै जनाको  स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । रिपोर्ट निगेटिभ आएकाहरुलाई आजै डिस्चार्ज गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार मंगलबार थप ४ जना शंकास्पद बिरामी प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका छन् ।

Sponsored

प्रदेश २ मा अहिले ५ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १ सय ५१ जना होम क्वारेन्टाइनमा छन् । प्रदेशभित्र ९९ वटा क्वारेन्टाइन र ६९ वटा आईसोलेशन वार्डहरु निर्माण गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *