TodayPati

चार वर्ष पश्चात पुनः मतगणनामा निर्वाचित महोत्तरीका वडाध्यक्ष रायले लिए सपथ

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १६ गते ।

निर्वाचनको चार वर्ष पश्चात पुनः मतगणनामा निर्वाचित महोत्तरीका एक वडा अध्यक्षले पद तथा गोपनियताको सपथ लिएका छन्।

महोत्तरी जिल्लाका मनरासिस्वा नगरपालिका वार्ड नं १० का वार्ड अध्यक्ष रमेशकुमार रायले सोमबार एक समारोहबीच पद तथा गोपनियताको सपथ लिएका हुन् ।

Sponsored

नगरपालिकाका प्रमुख सजंय कुमार सिंहको उपस्थितिमा सपथ लिँदै उनले ढिलै भएपनी स्त्यकोको जित भएको बताए ।

उनले आफू यो मुदा मामिलामा पर्न नचाहे पनि जनताले आग्रह गर्दा मुद्दामामिलामा गएको र अन्त्यमा जित भएको बताए ।

,पार्टीले टिकट दिँदैम कोही निर्वाचित हुँदैनन् । जन्ताले जनप्रतिनिधि र नेता बनाउँछन् ।, उनले भने ।
उनले आफुलाइ अमुल्य मत दिइ जिताउने सम्पुर्ण मतदाता जनतालाई धन्यवाद दिएका थिए ।

Sponsored

०७४ असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन भएको ६ दिनपछि त्यहाँको नतिजा सार्वजनिक गरिएको थियो। स्वतन्त्र उमेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । अन्तमा दुवै उमेदवारले समान २ सय ६७ मत ल्याएपछि गोला प्रथाबाट चौधरी निर्वाचित भएका थिए ।पराजय अस्वीकार गर्दै रायले अदालतमा मुद्दा दर्ता गरेका थिए ।
उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि निर्वाचित चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदिएपछि गएको कार्तिक ८ गते पुनः मतगणना भएको थियो ।

जसमा २६८ मत ल्याएर राय वडाध्यक्षमा विजयी भएका थिए भने सुरुमा निर्वाचित वडाध्यक्ष अरुण चौधरी दुईभोट कम २६६ भोट ल्याएर पराजित भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *