कोरोना संक्रमितको संख्या ८ लाखभन्दा बढी, मर्नेको संख्या साढे ३८ हजार नाघ्यो
टुडेपाटी-
काठमाडौं, चैत १८ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण संक्रमितको संख्या ८ लाख भन्दा बढी भएको छ ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको जनाइएको छ ।
१ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसले हालसम्म ३८ हजार ७४८ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म १ लाख ६९ हजार ९९५ भने कोरोनाको उपचारपछि स्वस्थ बनेका छन् ।
Sponsored
अमेरिका, इटली, स्पेन, चीन, जर्मनी, इरान तथा फ्रान्स कोरोनाबाट सबैभन्दा बढी ग्रस्त मुलुक हुन् ।