प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका २ जना कोरोना शंकास्पद बिरामीको रिपोर्ट निगेटिभ
टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।
प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरस संक्रमणको शंका गरिएका २ बिरामीको रिपोर्ट निगेटिभ आएको छ ।
भारतको जयपुर र अम्बालाबाट फर्केपछि ज्वरो र रुघाखोकी लाग्दा शनिबार प्रदेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका दुबैजनाको रिपोर्ट निगेटिभ अाएको हो ।
दुवैजनाको स्वाँव परीक्षणको लागि आइतबार काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
दुवैजनाको रिपोर्ट निगेटिभ आएपछि मंगलबार डिस्चार्ज गरिएको प्रादेशिक अस्पताल जनकपुरका बरिष्ठ जेनरल फिजिसियन डा. कुल्दिप पण्डितले जानकारी दिए । उनका अनुसार मंगलबार ४ जना थप शंकास्पद बिरामी प्रादेशिक अस्पतालको अाइसोलेशन वार्डडमा भर्ना भएका छन् ।
Sponsored