राजनीतिले कृषि क्षेत्र बिग्रियो : कृषि मन्त्री यादव
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले राजनीतिले कृषि क्षेत्र बिग्रेको बताएका छन् ।
४१ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पार्टीपिच्छै किसानका संगठनहरु रहेकाले त्यसले किसानलाई विभाजित गरेको बताएका हुन् ।
हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ भन्ने नाराका साथ मनाइएको दिवसमा उनले किसानको समृद्धिविना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने बताए ।
सोही कारण सरकारले बेमौसीमा वर्षाका कारण प्रभावित किसानको लागि राहत सरकारले पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उनको उनको भनाइ छ ।