गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
टुडेपाटी-
काठमाडौँ, कार्तिक १२ गते ।
गृहमन्त्री बालकृष्ण खाण नेपालका कार्यवाहक प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जान लाग्दा उनले खाणलाई प्रधानमन्त्रीको कार्यवाहक जिम्मा दिएका हुन् । एक साताका लागि बेलायत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।
विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।
गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन । वर्तमान मन्त्रिपरिषदमा खाण दोस्रो वरियतामा रहेका छन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।