दुई दिनमै बन्द भयो लाइसेन्सको आवेदन
टुडेपाटी-
काठमाडौँ, कार्तिक ११ गते ।
सवारी चालक अनुमति पत्र बनाउन खुलेको आवेदन दुई दिनमै बन्द भएको छ । लामो समय देखि बन्द रहेको अनलाईन आवेदन प्रणाली सोमबार रातिदेखि खुलेको थियो । यातायात व्यवस्था विभागले केही प्राविधिक समस्या देखिएकोले त्यसलाई मर्मत गर्न आवेदन लिने बन्द गरिएको जनाएको छ ।
सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ।
विभागका अनुसार मर्मत कार्य भइरहेको र यसको मर्मत पूरा भएपछि पुनः आवेदन प्रणाली सूचारु हुने छ ।