TodayPati

मिडिया काउन्सिल लगायतका पदाधिकारीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ : मन्त्री साह


टुडेपाटी-
जनकपुरधाम, कार्तिक ११ गते ।

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सञ्चार मन्त्रालय मातहतका संस्थाहरुको पदाधिकारीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् ।

सम्बन्धित मन्त्रालयको मन्त्री फेरिएपछि मन्त्रीद्वारा नियुक्त पदाधिकारीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने मन्त्री साहले बताएका छन् ।

Sponsored

बिहिबार प्रेस सेन्टर नेपाल धनुषाको दोस्रो अधिवेशनमा सहभागी भएका मन्त्री साहले अहिले गठबन्धनको सरकार रहेको र सञ्चार मन्त्रालयमा मन्त्री फेरिदा पनि पूर्व मन्त्रीले नियुक्त गरेका पदाधिकारीले राजिनामा नदिएपछि असन्तुष्टि जनाएका छन् ।

उनले आफुले पदिधिकारीसँग स्पष्टिकरण सोध्दा उल्टै तिनीहरु अदालत पुगेको बताए । उनले भने, ‘जब सरकार अथवा मन्त्री फेरिन्छ भने सो मन्त्रीले नियुक्त गरेका पदाधिकारीले नैतिकताको आधारमा राजिनामा दिन्छन् तर मैले तिनीहरु राम्रो सँग काम नगर्दा किन नहटाउने भनेर स्पष्टिकरण सोध्दा उल्टै अदालत पुगेर स्टे अर्डर ल्याएका छन् ।’

मिडिया काउन्सिल लगायत पत्रकारसँग सम्बन्धित संस्थाहरुमा विगतमा पत्रकारको क्षमता, हैसियत अनुसार नभएर चोरबाटोबाट कनिष्टहरुलाई भर्ना गरिएकोले त्यसलाई सुधार गर्न तथा पत्रकारीता क्षेत्रलाई व्यवस्थि बनाउन आफुले काम थालेको मन्त्री साहले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *