TodayPati

प्रदेश २ : नक्कली रुपैयाँ सहित तरकारी ब्यापारी पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ११ ।

महोत्तरीमा लखौ रकम बराबरको नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका वडा नं. ९ डुबरबन्नाका तरकारी ब्यापारी सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिए ।
बिहीबार विहान महतोलाई गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ नेपाली र २ लाख ८० हजार ९ सय २९ रभारतीय रुपैयाँ सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरीले महतोको गौशालास्थित डेरामा खानतलाशी गर्दा रकम फेला परेको प्रहरी निरीक्षक वस्यालले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *