तरुण दलले जनकपुरमा लुगा वितरण गरी मनायो स्थापना दिवस
टुडेपाटी-
जनकपुरधाम,कार्तिक १० गते ।
नेपाली काँग्रेसको भातृ युवा संगठन नेपाल तरुण दलको ६८ औं स्थापना दिवस जनकपुरमा कुष्ठरोगी तथा वृद्धवृद्धालाई लुगाकपडा विरतण गरि मनाएको छ ।
दिपावली तथा छठपर्वलाई मध्यनजर गर्दै तरुण दल धनुषाले जनकपुरधाम ७ स्थिति रहेको कुष्ठ रोगी आश्रममा बस्ने ४६ जना महिला,वृद्धवृद्धा तथा बालबालिका लुगाकपडा वितरण गरि स्थापना दिवस मनाएको हो ।
दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै नयाँ लुगा वितरण गरि स्थापना दिवस मनाएको तरुण दल धनुषाका सभापति संजयलाभ कर्णले बताएका छन्।
सो अवसरमा महिला संघ धनुषाकी सभापति तुल्सा आचार्य , तरुण दलका नेता राकेश विक्रम साह, नेविसंघका सभापति सुजित यादव लगायत विभिन्न तह तरुण र विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो।
Sponsored