TodayPati

प्रदेश २ मा २० वर्षपछि छोरी शिक्षा बीमाको रकम २० लाख पुर्याउने : मुख्यमन्त्री राउत

धनवीर महतो-
महोत्तरी, माघ २० गते ।

प्रदेश २ सरकारले छोरी शिक्षा बीमा कार्यक्रमको रकम २० लाख पुर्याउने योजना बनाएको छ ।

आइतबार महोत्तरीको सोनमा माविका छात्रालाई साईकल वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले अभियानलाई थप प्रभावकारी बनाउन २० वर्षपछि बीमा रकम २० लाख पुर्याउने प्रयास गरिएको बताउनु भएको हो । प्रदेश सरकारले छोरी शिक्षा बीमालाई केही दिन अगाडि मात्रै बढाएर ३ लाख पुर्याएको थियो ।

Sponsored

कार्यक्रममा सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले अब छोरी शिक्षा बीमालाई प्रभावकारी बनाउन गाउँपालिकाले आफ्नो तर्फबाट थप ३ लाख रकम थप्ने घोषणा गर्नुभएको छ ।

छोरी बीमालाई प्रभावकारी बनाउन २०७५ साल माघयता जन्मिएकी छोरीलाई बीमा गराएबापत खातामा ३ लाख रकम राख्ने पालिकाका अध्यक्ष यादवले घोषणा गर्नु भएको हो ।

सोनमा गाउँपालिका २ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० जना छात्रालाई मुख्यमन्त्री राउतले साईकल वितरण गर्नुभएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *