ठगी आरोपमा पूर्व इन्सपेक्टर नै पक्राउ
टुडेपाटी–
काठमाडौँ, कार्तिक १० गते । नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको जानकारी दिए ।
केसीले आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर ठगेको आरोप छ ।
पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुरी गरेका छन् । प्रहरी उपरीक्षक बस्नेतले प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको बताए । केसीले सञ्जय अधिकारीलाई मात्र ४ करोड रकम तिर्नुपर्ने देखिएको छ । केसीलाई बानेश्वरबाट पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।