सप्तरीमा सडक दुर्घटनामा एक महिला र हरिणको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १० गते ।
सप्तरीमा सडक दुर्घटनामा परि एक महिला र एक हरिणको ज्यान गएको छ ।
यात्रुबाहक बसको ठक्करबाट सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरचोक बस्ने रामचलितर भगतका श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको हो ।
पूर्वपचिम राजमार्ग अन्तर्गत घर नजिकै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७७८४ नम्बरको बसले महिलालाई गए राति साढे ठीक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भगतलाई युनिक अस्पताल रुपनीमा लग्दा उनलाई चिकित्सकले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधप्रसाद काफ्लेले जानकारी दिए ।
उनको शव पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज राखिएको र बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored
यस्तै सप्तरीमै सवारीसाधनको ठक्करबाट एक हरिण मरेको छ । बुधबार बिहान ४ बजेको समयमा सप्तरी शम्भुनाथ नगरपालिका ६ कठौना चोक स्थित पुर्व पश्चिम लोकमार्गमा जंगली वयस्क अन्दाजी १०० किलो तौल भएको हरिण घटनास्थलमै मरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
घटनास्थलको मुचुल्का लगायतको कानुनी प्रकृया पुरा गरी उक्त मृतक हरीणलाई ईलाका वन कार्यालय रुपनी सप्तरीको जिम्मा लागाई पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।