बटेश्वर गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, अध्यक्षमा महतो चयन
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ९ गते ।
नेकपा एमाले बटेश्वर गाउँपालिकाको प्रथम अधिवेशन मंगलवार सम्पन्न भएको छ ।
अधिवेशनबाट एमाले बटेश्वर गाउँपालिका कमिटी अध्यक्षमा रामखेलावन महतो चयन भएका छन् ।
नेकपा एमालेका स्थाय कमिटी सदस्य रघुविर महासेठको प्रमुख आतिथ्यता र बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री (गणेश) को विशिष्ट आतिथ्यमा आयोजित प्रथम अधिवेशनबाट रामखेलावन महतोको अध्यक्षतामा ७५ सदस्य गाउँ कमिटी चयन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा रमेश सिङजन, सचिवमा रन्जित लामा, सह सचिवमा जगदीश महतो र उपसचिवमा बालकुमारी थापा मगरलाई चयन गरिएको जनाएको छ ।
बटेश्वर गाउँपालिकाको पाँच वटै वडाबाट प्रतिनिधित्व हुने गरि ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको हो ।
Sponsored
अधिवेशनमा एमालेका नेता टंकप्रसाद बराल, मनोज खड्का, दिलिप लामा, वडा नं. ३ का अध्यक्ष हिरालाल महतो, युवा नेता सुनिल साहलगायतको उपस्थिती रहेको थियो ।