प्रदेश २ सरकार चोरबाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजे : सोनल
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ९ गते ।
प्रदेश २ सरकार संघीय सरकारको देखासिकीमा उत्रेको प्रतिपक्षी दलले आरोप लगाएका छन् ।
प्रदेश २ का प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले चोर बाटोबाट ल्याएको आरोप लगाएका हुन् ।
उनले अध्यादेश ल्याएर प्रदेश २ सरकार संघियता कमजोर पार्न खोजेको टिप्पणी गरे ।
प्रदेश २ सरकारले मंगलबार प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धि विधेयक अध्यादेश सिफारिस गर्ने निर्णय गरेलगत्तै नेता सोनलले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रदेश सरकारसँग बहुमत हुँदाहुँदै पनि प्रदेशसभालाई छलेर अध्यादेश मार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाए ।
Sponsored
उनले भने, ‘लोकतान्त्रिक विधि अनुसार प्रदेश सरकारसँग बहुमत रहेपनि प्रदेशसभालाई विजनेश नै नदिई कानूनलाई आफ्नो अनुकुल खेलाची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिएको छ ।’
‘सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोज्यो, यसले संघीयता संस्थागत हुँदैन, बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ,’उनले भने ।’
नेता सोनलले संसद स्थगित रहेको अवस्थामा ल्याउन लागेको अध्यादेशलाई कार्यान्वयन गरिए यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
प्रदेशको विकास र सबलिकरणका लागि लोसपा सदैव अग्रसर रहेको भन्दै संसदबाटै सो विधेयक छलफल गरी पारित गर्नुपर्नेमा नेता सोनलले माग गरे ।