प्रदेश २ सरकारले एसिड पीडित मुस्कानलाई थप उपचारको लागि पाँच लाख दिने
टुडेपाटी–
जनकपुरधाम, कार्तिक ९ गते ।
एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।
यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।