TodayPati

२४ घण्टामै कोरोना संक्रमणबाट ३७ सय मानिसको मृत्यु, करिब ३० हजारको अवस्था गम्भीर

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।

१ सय ९९ देशमा फैलिएको कोेरोना भाइरस संक्रमणबाट गएको २४ घण्टामै ३ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या संख्या ३७ हजार ७ सय ८० पुगेको छ ।

Sponsored

कोरोना संक्रमितको संख्या यो सँगै ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ३५ जना उपचारगरि घर फर्किएका छन् ।

अहिले ५ लाख ८१ हजार ५ सय ६६ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।
उपचारमा रहेकामध्ये २९ हजार ५ सय ९७ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

Sponsored

२४ घण्टामा थप १९ हजार ९ सय ८८ लाई संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । जहाँ ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *