अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार अनियमिततालाई बढावा दिएको छ : उपेन्द्र यादव
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ६ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागि शासकीय प्रणाली परिवर्तन हुनु पर्ने बताएका छन् ।
जसपा रौतहटले आज यमुनामाई गाउँपालिका १ सुकदेव चौकमा आयोजना गरेको वृहत पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार अनियमिततालाई बढावा दिएको उल्लेख गर्दै शासकीय प्रणाली नै फेर्नु पर्नेमा जोड दिए ।
उनले भने ,‘ अहिलेको विकृत संसदीय व्यवस्था रर निर्वाचन प्रणालीले इमान्दारलाई चुनाव लडन दिँदैन । पूजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौ खर्च गरेर चुनाव जित्ने व्यक्तिबाट सुशासन र समृद्धिको आशा गर्नु कुरा कल्पना मात्र हुने छ ।’
वर्तमान बेतिथिबाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उनको भनाइ छ ।
उक्त व्यवस्थाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भए पछि भ्रष्टाचार आफै नियन्त्रण हुने उल्लेख गरे । अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उदघोष समेत गरे ।
Sponsored
कार्यक्रममा संघीय सरकारका संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीयता जननी जनता समाजवादी पार्टी संघीयता कार्यान्वयनका लागी आफुलाई जिम्मेवारी दिएर सरकारमा पठाएको बताए ।
उनले आफुले पाएको जिम्मेवारी बाट संघीयता प्रेमी जनतालाई निराश हुन नदिने उल्लेख गर्नु हुँदै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आफु काम शुरु गरि सकेको जानकारी समेत गराए ।
कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले मुलुकका परम्परागत पार्टीहरुले मुलुकको आमूल परिवर्तनमा असफल भै सकेको उल्लेख गर्दै जसपा एक मात्र विकल्प रहेको बताए ।