नेकपा एमालेको ६ हजार ७ सय वडाको अधिवेशन आज हुँदै, पार्टी अध्यक्ष ओलीले गरे उदघाटन
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ६ गते ।
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकै पटक देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् ।
दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार एकैपटक देशभर वडा स्तरका अधिवेशन गर्न लागेको हो । जसको उद्घाटन भर्चुअल प्रविधि मार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट उद्घाटन गरका हुन् ।
उनले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्धसाथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका हुन् ।
पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । जसमा अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् ।
अधिवेशनले गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ ।
Sponsored
उद्घाटन भएका ६ हजार बढि वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ ।