TodayPati

पक्राउ परेका कार्यकर्ता छुट्टाउन जनमत पार्टीको आज ‘चलु जनकपुर, भरु जनकपुर’

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ५ गते ।

खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अमानबीय दुव्र्यबहार गर्ने नोताकार्यकर्ता छुट्टाउन जनमत पार्टीले आज ‘चलु जनकपुर, भरु जनकपुर’ आन्दोलनको कार्यक्रम राखेको छ ।

प्रहरीले प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरेको छ ।

Sponsored

ती कार्यकर्तालाई रिहाको माग गर्दै जमत पार्टीले बिहीबार नै शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषा बाक्लो संख्यामा उपस्थित भएर घेराउ गर्ने घोषणा गरेको थियो ।

डा. सिके राउतको आधिकारिक फेसबुकमा आज एक पोस्ट लेख्दै ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखेको जनाएको छ ।

‘धनुषा प्रहरी कार्यालय घेरू इन्साफ क लेल, इन्क्लाब क लेल, जनता क हक अधिकार क लेल, अन्याय अत्याचार क अन्त क लेल’ जस्ता नारा लेखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *