TodayPati

जनमत पार्टीले जनकपुर खानेपानीका हाकिमलाई अर्धनग्न गरी बजार घुमायो

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ४ गते ।

ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई अर्धनग्न गरी जनकपुर बजार घुमाएका छन् ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपीट गर्दै नगर परिक्रमा गराएका हुन् ।

Sponsored

सो कार्यालयमा लाठी सहित पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।

May be an image of 9 people, people sitting, people standing and road

उनीहरुले निमित्त प्रमुख कुशवाहकाको कपडा च्यातेर अर्धनग्न बनाइ हिलो दलि अर्धनग्न गर्दै घुमाएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित ढल निकासको लागि पटक पटक लिखित र मौखिक गुनासो गर्दा समेत ध्यान नदिएकाले जनकारबाही गरिएको जनमत पार्टीले जनाएको छ ।

Sponsored

जनमत पार्टीका नेता कार्यकर्ताहरुले साइकल चोर देश छोड्, भ्रष्ट मेयर चाहिदैन लगायतका नाराहरु समेत लगाएका थिए ।

सच्याइएको – यस समाचारमा उल्लेखित विवरणमा खानेपानी कार्यालय हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याइएको छ। -सम्पादक

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *