TodayPati

राजनीति धन्धा भइसक्यो : उपेन्द्र यादव

टुडेपाटी-
सप्तरी, कार्तिक ४ गते ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिले राजनीति धन्धा भइसकेको बताएका छन् ।

बुधबार राति राजविराजमा सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

Sponsored

‘राजनीति धन्धा भइसक्यो । लगानी गरेर त्यो लगानी असुली गर्न खोज्छन्,’ उनले भने ।

अगामी चुनावका उम्मेदबारका आकंक्षीहरु वडाध्यक्षमा लड्नेहरु ५० लाख, मेयरको टिकट माग्नेहरु १० करोडसम्म जम्मा गरिसकेको भनेर टिकट माग्न आफु कहाँ आउने गरेको उनले खुलाए ।

‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले भने, ‘ कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।’

Sponsored

यहाँबाट जितेर माथिल्लो निकायमा जानेहरु पनि यस्तै धन्दामा लागिपरेको उनले बताए । ‘यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्,’ उनले भने, ‘माथि गएपछि केही नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु म सांसद हुँ मलाई खरिद गर भन्छन् । अनि, त्यहाँ मोलमोलाई हुन्छ,’ उनले भने ।

रकममा बिक्नेहरूमध्ये कतिलाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले बताए ।

‘एक सांसद किन्ने र अर्को खरिद गर्ने’ अध्यक्ष यादवले भने, ‘जसरी गाईभैंसीको खरिद हुन्छ त्यसरी नै यस्ता दलालहरू हेरेको छु ।’

राजनीतिमा जबससम्म सदाचारी हुँदैन तबसम्म देश नबन्ने भन्दै उनले जनता पनि नेता झैं बनेको बताए ।

‘जनता पनि त्यस्तै छन् । त्यस्तै भोट लिन्छौं खानपिन दिदैनौं’ उनले भने, ‘नेतालाई पहिला जनताले चोर बनाइदिन्छन् । अनि नेता चोरी गर्न जान्छन् । नेता चोर अनि जनता पनि चोर ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *