किसानको लागि विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३ ।
मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गरेका छन् ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गर्नु भएको हो ।
पछिल्लो बाढीले देशै भरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक बोलाएको थियो ।
बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्नु हुँदै संघ सरकारले प्रदेश २ को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।
प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री , प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो ।
Sponsored
पछिल्लो बाढीले धानबालीमा पुर्याएको क्षतिका कारण प्रदेश २का किसानहरु सबै भन्दा बढी समस्यामा परेका छन ।